Media Network

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्षदिन बित्यो, उडेनन् जहाज


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०८०,मंगलवार

काठमाडौँ । मुलुकको दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले निर्माणको बर्षदिन पुग्दापनि गति लिन सकेको छैन् ।

। विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । जहाँ जहाज उडेका छैनन् । यदाकदा विमान उडाएको अल जाजिराले पनि हाललाई उडान रोकेको छ ।विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडिबीले सम्भाव्यता अध्ययन नगरी लगानी त पक्कै गरेन् तर पनि किन लगानीअनुसार यो विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा आएन् यो विषय आम रुपमा चासो बनेको छ ।


अर्बौँको लगानी जोखिममा

विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब रु ३० अर्ब लगानी बताईन्छ । यसबाहेक रु २० अर्ब बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन रहेका छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौँको लगानीमा दुईवटा केवलकार निर्माणाधीन अवस्थामा छन् । बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर पुग्ने केवलकार अब सञ्चालनको अन्तिम तयारीमा रहेको छ । कम्पनीले रु तीन अर्ब ५२ करोड लागत अनुमान गरिएको केवलकार तीन किलोमिटर लम्बाइको हुनेछ । केबलकारको बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेशन छ ।

यस्तै सिद्धार्थ केवलकार प्रालिले बुटवलको मणि मुकुन्दसेन उद्यान फूलबारीबाट उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन गर्ने गरी निर्माणाधीन केवलकार पनि अन्तिम चरणमा पुगेको छ । केवलकारको लम्बाइ दुई किमी ९० मिटर रहने छ । करिब रु डेढ अर्बको लागतमा बन्न लागेको केवलकारमा ४० जनाको लगानी छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद