Media Network

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिन निर्देशन


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै एयरसाइन्सलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको छ।

गौतमबुद्धमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमलाई यस्तो निर्देशन दिएको हो।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ को परिच्छेद २ को नियम ७ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई आज (भदौ २)बाट ५० प्रतिशत छुट दिन भनिएको छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद