Media Network

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ।हिमालयन बैंक लिमिटेडले ७८ हजार ४२ कित्ता सेयर संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनीहरु सुब्बाप्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान तण्डुकारको नाममा रहेको ११ हजार ६९३ कित्ता, कालु गुरुङको नाममा रहेको ५९ हजार २५९ कित्ता र तिर्थराज नेपालको नाममा रहेको १ हजार ७९९ कित्ता गरी कूल ७८ हजार ४२ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटक आवेदन दिन पाउने छैनन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि आज पुस १९ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद