Media Network

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौँ।हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । पुस २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद