Media Network

हिमालयन लाइफ इन्स्योरेन्सको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापकतर्फको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्सको स्वेदेशी सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार काठाडमौंमा रहको कानुन विभागमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद