Media Network

हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट: ३० कित्तासम्म आवेदन दिनेले मागेजति पाए


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं। हिमालयन रिइन्सुरेन्सको आइपीओ आज बुधबार पुस ११ गते बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो ।

जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।

यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् ।कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद