Media Network

ई-सेवाले ल्यायो छात्रवृत्तिसहित १ लाखको नयाँ योजना


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले ‘ई-सेवा स्कलरसिप इनिसिएटिभ’ ल्याएको छ। कम्पनीका अनुसार यो ‘शिक्षामा छात्रवृत्ति स् एक लाख पुरस्कार’ क्याम्पेन हो। यस क्याम्पेनका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्। 

डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो क्याम्पेन विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ। सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको ई-सेवाले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद