Media Network

कोका–कोला जेरो सुगर ग्लास बोतलमा


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

काठमाडौ । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण–मैत्री त छन । साथै यसको ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध रहेको छ । कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । 

स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तररुपमा उनीहरुको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको जनाएको छ । कोका–कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद