Media Network

कुमारी बैंकको ३१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौं । कुमारी बैंक लिमिटेडको ३१ हजार ९४६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सन्तोष पौडेलको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद