Media Network

कुमारी बैंकले माघमा पनि घटायाे ब्याजदर


खबरस्टोरी संवाददाता

२६ पुष २०८०,बिहीबार

काठमाडौं । कुमारी बैंकले माघमा पनि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेबाट लागू हुने गरि मुद्दती निक्षेपको ब्याजदर ८.११ प्रतिसत बनाएको हो । पुसमा बैंकले मुद्द्ती निक्षेपमा ९.३१ प्रतिसत ब्याज दिएको थियो ।
कुमारी बैंकले बचत खाताको ब्याजदर पनि घटाएर ६.११ प्रतिसत बनाएको छ । यस्तो ब्याजदर पुस महिनामा ६.५१ प्रतिसत थियो ।
कुमारी बैंकले मंसिरमा पनि राष्ट्र बैकको सर्कुलर अनुसार ब्याजदर घटाएको थियो भने पुसमा फेरि घटाएको थियो ।
बैंकले कर्जाको प्रीमियम पनि घटाएर अधिकतम ३.५ प्रतिसत मात्रै कायम गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद