Media Network

लुम्बिनी विकास बैङ्कको १६औँ वार्षिक साधारण सभा सम्पन्न


खबरस्टोरी संवाददाता

२७ पुष २०८०,शुक्रबार

काठमाडौँ । लुम्बिनी विकास बैङ्क लिमिटेडले बिहीबार १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गरी २०८०–८१को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू संगै शेयरधनी महानुभावहरूलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न  वार्षिक साधारण सभामा आ.ब. २०७९–८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयर धनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले मुद्दती निक्षेप खातामा “मासिक” रूपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद