Media Network

मन्त्री श्रेष्ठले गरे पाशुपत क्षेत्रको निरीक्षण


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले  पशुपति क्षेत्रभित्रका विभिन्नस्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् । 

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तल लगायत स्थलको हिँडेरै अवलोकन गरेका थिए । सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन निर्देशन दिए ।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिरपुनः निर्माणको अवस्थाबारे पनि उनले जानकारी लिएका छन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्रखुला संग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण रसरसफाईमा ध्यान दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिनुहुँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए । 

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद