Media Network

मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज


खबरस्टोरी संवाददाता

२९ भाद्र २०७९,बुधबार

काठमाडौं। प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।

गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो ।

एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।

निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद