Media Network

मौद्रिक नीतिको समीक्षाले घट्न थाल्यो बैङ्कहरूको ब्याजदर, कसले कति तोके ?


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिला समीक्षा गरेपछि बैङ्कहरूले धमाधम ब्याजदर घटाउन थालेका छन् । तीन वटा वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् ।

 सोमबार एनएमबि बैङ्कले पनि पनि घटाएको हो । यसअघि कुमारी बैङ्क र एनआईसी एशिया बैङ्कले पनि घटाई सकेका छन् । 

राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा बैङ्क दरलाई घटाएको छ । केन्द्रीय बैङ्कले यस्तो ब्याजदर ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झरेको छ । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरेको छ । यता, निक्षेप सङ्कलन बोलकबोल दरलाई पनि ३ प्रतिशतमा झारेको छ । यसअघि भने यस्तो दर ४.५ प्रतिशत थियो । 

यद्यपि, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ, जसले ब्याजदर घट्दो क्रममा नै छ । विशेषगरि राष्ट्र बैङ्कले नीतिगत दरलाई घटाएसँगै बैङ्कहरूलाई ब्याजदर घटाउन टेवा पुगेको हो ।

कुन बैङ्कले कति घटाए ब्याजदर ?

एनएमबि बैङ्कले ब्याजदर घटाएर घटाएको छ । बैङ्कले आजै अर्थात् मङ्सिर २५ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर कायम गरेको हो । 

बैङ्कका अनुसार आगामी पुस महिनामा मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने भएको हो । तर, १० वर्ष माथिको मुद्दती निक्षेपको लागि कायम गरिएको बैङ्कले जनाएको छ । बैङ्कले मङ्सिर महिनाका लागि भने यस्तो निक्षेपमा ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । 

यस्तै, एनएमबि बैङ्कले ३ देखि ६ महिनाको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । बैङ्कले न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । 

यस्तै, कुमारी बैङ्कले पनि नयाँ ब्याजदर कायम गरेको छ । बैङ्कले मङ्सिर २४ गते अर्थात् आइतबारदेखि नै लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको हो । 

घटाएको ब्याजदर अनुसार बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६१ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैङ्कले मुद्दती निक्षेपकै न्यूनतम ब्याजदर ८.५१ प्रतिशत कायम गरेको हो । यस्तै, बैङ्कले संस्थागत मुद्दती निक्षेपमा भने ७.६१ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यता, आगामी पुस महिनाका लागि एनआईसी एशिया बैङ्कले पनि ब्याजदर घटाएको छ । बैङ्कले अब मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्याज दिने भएको हो । तर, यो ब्याजदर २४ महिनादेखि १८० दिनका लागि कायम गरिएको बैङ्कले जनाएको छ । 

हाल अर्थात् मङ्सिर महिनामा बैङ्कको अधिकतम ८.९७ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । एनआइसी एशियाले ३ देखि ७ महिनाको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ ।  अब पुस महिनामा बैङ्कले मुद्दती निक्षेपमा न्यूनतम ७ प्रतिशत र अधिकतम ८.६७ प्रतिशत ब्याज प्रदान गर्नेछ ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद