Media Network

नबिल र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौँ।नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उक्त बैंकहरुले साधारण सभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म कायम सेयरधनी मात्र बैंककोे लाभांश प्राप्त गर्न योग्य रहने छन् ।

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यस्तै नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्षबाट सभामा पेश गर्ने आव २०७९्८० को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक वित्तीय विवरण २०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्न छलफलका लागि प्रस्तुत हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद