Media Network

निगमका निलम्बित अध्यक्ष अधिकारीको भ्रष्टाचार छानविनका लागि समिति गठन


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारमाथि लागेको भ्रष्टाचार आरोप छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

सरकारले पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा होम लुइटेल र प्रेमनाथ ठाकुर सदस्य रहेका छन् ।

भ्रष्टाचार तथा यौन दुव्र्यवहारको आरोप लागेको अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेको थियो ।अधिकारी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परको बताइएको छ ।

निगमको ट्वीनअटर जहाज पोखरा–जोमसोम नियमित उडान गर्नुपर्नेमा निजी कम्पनीलाई भाडामा दिएर ५ प्रतिशत कमिशन खाएको देखि लिएर ई–टिकटको लागि खरिद गर्न लागिएको सफ्टवेयरमा पनि ठूलो घोटाला भएको साथै एयरवस ३३० को इन्जिन इजरायली कम्पनीलाई दिएर कमिसन खाएको समेत आरोप छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद