Media Network

निगमले जहाज खरिदका लागि लिएको ऋणको किस्ता तीन वर्षपछि तिर्यो


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं।  नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको तीन वर्षपछि किस्ता तिरेको छ। एयरलाइन्सले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको निगमले जनाएको छ।

त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद