Media Network

नेपाल टेलिकमको सञ्चालक पदका लागि निर्वाचन तालिका सार्वजनिक


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनका माध्यमबाट एक जना सञ्चालक नियुक्त गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिमा समूह–ग (सर्वसाधारण)बाट प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक पदको निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन अधिकृत कृष्णजीषी घिमिरेका अनुसार पुस २३ गते मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, पुस २४ गते मतदाता नामावलीमा दावी विरोध गर्ने र छानविन गरी अन्तिम नामावली सार्वजनिक गर्ने उनले बताए ।
उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय भने पुस २५ गते तोकेको छ भने उम्मेदवारको विरोधमा पुस २६ गते उजुरी दिनु पर्नेछ ।
कम्पनीका अनुसार पुस २९ गते निर्वाचन हुनेछ भने सोही दिन मतगणना गरिनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद