Media Network

नेप्सेमा आज सात दशमलव ७२ अंकले गिरावट


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौैं।चुनाव पछि नेप्से बढ्ने अपेक्षा गरिएको भएपनि नेप्सेमा भने चुनावको नकारात्मक असर देखिएको छ । अघिल्लो दिन घटेको नेप्से चुनाव सम्पन्न भएपछिको दोस्रो कारोबार दिन आज बुधबार पनि घटेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर १९ सय २१ दशमलव ९९ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७० अंकले घटेर तीन सय ७७ दशमलव ९० अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये उत्पादनमुलक र टे«डिङ समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी सहितका ११ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये सिभिल बैंक, घलेम्दी हाईड्रो पावर लिमिटेड आदिले कमाएका छन् भने स्टान्र्डड चार्टड बैंक, वीन लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर लिमिटेड आदिले गुमाएका छन् । नेपाल बैंक, सिभिल बैंक, हिमालयन डिष्ट्रिलरी पं्रालि आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद