Media Network

नेप्सेमा ३४ अंककाे गिरावट, एक अर्ब ५२ करोडको सेयर किनबेच


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं। नेप्से आज मंगलबार पनि घटेको छ । अघिल्लो दिन ४४ अंकले घटेको नेप्से आज मंगलबार पुन ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव दुई अंकमा खुम्चिएको छ । यसैगरी इन्डेक्स पनि आज पाँच दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ३६ अंकमा खुम्चिएको छ । दुई सय ३७ वटा कम्पनीहरुको आज ३१ हजार पाँच सय ७६ पटकको कारोबारमा ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच हुन पुगेको छ । सोही आधारमा कुल कारोबार रकम एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार चार सय १८ रुपैयाँ हुन पुगेको छ । 

कारोबार भएका १३ वटा समुहहरु मध्ये आज होटल तथा पर्यटन समुहको सुचक सामान्य बढेको छ भने बाँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

कारोबार भएका कुुल कम्पनीहरु अन्तर्गत भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, प्राईम कर्मसियल बैंकको ऋणपत्र आदिले कमाएको देखिएपनि इर्मर्जिङ नेपाल लिमिटेड, शिवश्री हाईड्रो पावर लिमिटेड आदिले गुमाएका छन । आज हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक, शिवम सिमेन्ट आदिको भने बढी रकम कारोबार भएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद