Media Network

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका थप ९ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद