Media Network

पाँच महिनाको वैदेशिक व्यापारः आयात र निर्यात दुबै घट्यो


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा देशको वस्तु आयात र निर्यात दुबै घटेको छ ।
आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक वर्षको मंसिर महिनासम्म देशको आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको हो ।
त्यस्तै, मंसिर महिनासम्म देशको आयात ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशतले कम हो ।
त्यस्तै, पाँच महिनामा देशको वस्तु निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.०९ प्रतिशतले कमी हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद