Media Network

पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर


खबरस्टोरी संवाददाता

२३ भाद्र २०८०,शनिबार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायीक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमानले व्यावसायिक उडान भरेको हो ।


भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।


सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।


भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद