Media Network

पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र पीईभीसीमा लगानी गर्न पाउने


खबरस्टोरी संवाददाता

२३ पुष २०८०,सोमबार

काठमाडौँ।पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड (पीईभीसी) मा लगानी गर्न पाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको लगानी निर्देशन २०७९ लाई संशोधन गर्दै विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड पुनर्बीमा कम्पनीहरुले लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
पुनर्बीमा कम्पनीहरुले यस्ता फण्डहरुमा कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न पाउने छन भने यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ ।
यस्तै प्राधिकरणले पुनर्बीमा कम्पनीहरुले अन्य कम्पनीको सेयरमा गर्ने लगानी ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नुपूर्व तथा निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमा भन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ।
साथै बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण,शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक,विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र, सेवामूलक क्षेत्रमा लगानी गर्नुपूर्व तथा निर्देशनमा तोकिएको सीमा भन्दा बढी लगानी गर्नु पूर्व पनि प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद