Media Network

प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं।प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप एक  लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उहाँको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । 

प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । 

जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं, प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले बताउनुभयो । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद