Media Network

प्रधिकरणको चेतावनी पछि अन्ततः एयरलाइन्स कम्पनी उडान भर्न तयार


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच सहमति भएको छ। प्राधिकरणले एयरलाईन्स कम्पनीहरुको मागलाई क्रमश सम्बोधन गर्दै जाने भएपछि एयरलाइन्स कम्पनीहरु उडान गर्न तयार भएका हुन। 

प्राधिकरण निर्णयबाट पछि नहट्ने भएपछि वायुसेवा सञ्चालकहरु अन्यौलमा परेका थिए । प्राधिकरणले  जहाज  तोकिएकै ठाउँमा रात्रिकालिन विसान हुनु पर्ने र पहिले उडान त्यही ठाउँबाट हुनेपर्ने लगयतका निर्णय गरेको थियो।

प्राधिकरणको सो निर्णयको विरोध गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले आज बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय गरेका थिए। 

यता बुद्ध एयरले भने सवै उडान गर्ने भएपछि अन्य कम्पनीहरु दवावमा परेका थिए थिए।  बुद्धले आयोनको निर्णय नमान्ने सबै उडान गर्ने जनाएसँगै प्राधिकरण झनै कठोर बन्ने संकेत गरेपछि अन्य एयरलाइन्स कम्पनी उडान बन्द नगर्ने निष्कर्षमा पुगेका हुन। सबै एयरलाइन्सले बुधबार ११ बजेदेखि उडान हुने सुचना यात्रुलाई दिएका छन।

यता प्राधिकरणले भने काठमाडौंमा जहाज पार्किङ अभाव रहेको र तोकिएकै ठाउँमा जहाज रात्रिकालिन विसान गर्नु पर्ने निर्णय लागुनगर्दै उडान बन्द गरे एओसी खारेजदेखि अत्यावश्य सेवा बन्द गरे कानूनअनुसार कारबाही गर्ने सूचना जारी गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद