Media Network

पर्यटन बोर्डले ल्यायो २ अर्बको बजेट


खबरस्टोरी संवाददाता

७ आश्विन २०८०,आईतवार

काठमाडौं । नेपाल पर्यटन बोर्डले २ अर्ब १ करोड २३ लाख ४५ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । बोर्ड सञ्चालक समितिले साढे महिना ढिलो गरेर बजेट स्वीकृत गरेको हो । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन प्रवद्र्धनमा केन्द्रित गरेर बोर्डले बजेट स्वीकृत गरेको जानकारी दिए ।

बोर्डको बजेट पूर्वाधारमा केन्द्रित भएको, विदेशमा पीआर एजेन्ट राख्ने विषयमा भएको विवादले बजेट आउन ढिलो भएको हो । बोर्डका सीईओ डा. धनन्जय रेग्मीले २० करोड रुपैयाँको बजेट प्रस्ताव गरेको भएपनि करिब ३ करोड रुपैयाँ मात्रै बजेट उक्त शीर्षकमा राखिएको छ।

पीआर एजेन्टमा बजेट राख्ने विषयमा भएको विवाद मिलाएर बजेट आएको पनि बोर्डले जानकारी दिएको छ । बोर्डको शनिबारको बैठकमा सीईओ रेग्मले साढे ४ करोड रुपैयाँ राखेर ल्याएको उक्त बजेटमा बोर्ड बोर्डकमा छलफल गरेर घटाउने सहमति भएपनि बजेट पारित भएको हो ।

बोर्डले विभिन्न मेला महोत्सव, पर्यटन पूर्वाधार, पर्यटन प्रवद्र्धनका लागि हुने आन्तरिक गतिविका विभिन्न योजनासहित बजेट पारित गरेको हो। बोर्डले यो वर्ष बजेट ल्याउन ढिलो गरेको र पेश्की बजेटसमेत नआएकोले पहिलो पटक विश्व पर्यटन बजार (डब्लुटीएम)मा नेपाल सहभागि हुन भने नसक्ने भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद