Media Network

पेट्रोल र डिजेलको मूल्य घट्यो


खबरस्टोरी संवाददाता

३० मंसिर २०८०,शनिबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । मंसिर ३० गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो । सोहीअनुरुप समायोजनपश्चात् निगमले भाउ घटाएको हो । यससँगै अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद