Media Network

‘रन शुज’ले ल्यायो नयाँ मोडलका जुत्ताहरु


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । उपभोक्ताहरुको चाहना विक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै रन शुज इन्ड्रष्ट्रिज प्रा.लि.ले नयाँ मोडेलका जुत्ताहरु बजारमा ल्याएको छ । आउँदै गरेको चाडपर्वहरुलाई लक्षित गरी कम्पनीले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको जनाएको छ । 

विशेषतः पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्राण्डमा कमैमात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले  आम उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ । 

स्पोर्टस्, फेन्सी  तथा युवाहरुको चाहना अनुसार पार्टि, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु उच्च गुणस्तरको इनरसोल नचिप्लिने रवर तथा पियुको सोलहरुमा बजारमा उपलब्ध छन् । 

रन शुजकोे हालसम्म एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथैे यसले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद