Media Network

राष्ट्र बैंकले आज साढे १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्ने


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम बराबरको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी बिल मंसिर २६ गते जारी हुने छ ।

केन्द्रीय बैंकले बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन २९ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न र ४ अर्बको नयाँ गरेर कुल ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।

साथै, एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ मंसिर गते परिपक्व हुनेछ ।  ट्रेजरी बिलको बाँडफाँड बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी हुने गर्दछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद