Media Network

साढे ५ प्रतिशतले बढ्यो नेपालीहरुको तलब तथा ज्यालादर


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । नेपालीहरुको तलब तथा ज्यालादर वृद्धि भएको छ । वार्षिक विन्दुगत तलब तथा ज्यालादर साढे ५ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको चार महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुचकाङ्क ११.४७ प्रतिशतले बढेको थियो । चालु आवको पहिलो चौमासिकमा तलब र ज्यालादरको सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद