Media Network

सेजनको अध्यक्षमा ओली र महासचिवमा रेग्मी निर्वाचित


खबरस्टोरी संवाददाता

१७ भाद्र २०८०,आईतवार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याएका छन् । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भएका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषाध्यमा अच्युत पुरी निर्वाचित भएका छन् ।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद