Media Network

सिम्रिक एयरका सबै उडानमा रोक


खबरस्टोरी संवाददाता

२३ बैशाख २०८०,शनिबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार संखुवासभामा सिम्रिक एयरको हेलिकप्ट दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो ।

अब सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

हेलिकप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । चालक पौडेलसहित अन्य तीनजना घाइते भएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद