Media Network

समस्यामा परेका ऋणीहरुले चैत मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आर्थिक संकटले समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यवस्था भए बमोजिम समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न निर्देशन दिएको हो ।
बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सूर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र संचार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एव स्वास्थ्य, निर्माण (सिमेन्ट, डण्डी, ईँटा्ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मको कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तभित्र गरिसक्न भनेको छ।
राष्ट्र बैंकले ऋणीको अनुरोधमा उद्योग्व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी राष्ट्र बैंकले तोकेको शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न निर्देशन दिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद