Media Network

सुनको मुल्य बढ्यो, चाँदी घट्यो


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद