Media Network

सुनको मूल्य तोलामा ५ सयले बृद्धि


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

काठमाडौं। सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। 

साताको दिन शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुन चैत ३० गते बुधबार नेपाली बजारमा छापावाल प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बैशाख २ गतेका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर १ लाख २ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद