Media Network

सुनको मूल्यमा बृद्धि, तोलामा २०० बढ्यो


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ।अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य  प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको महांघले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद