Media Network

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा केसी नियुक्त


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८०,मंगलवार

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त भएका छन् । बैंकको संचालक समितिको ४०९औं बैठकले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
केसीको बैंक तथा बित्तिय संस्थामा करिब २० बर्ष भन्दा बढीको कार्य अनुभव छ। यसका साथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा बिभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद