Media Network

सर्वोच्चले फर्काएको निगमका अध्यक्षलाई सञ्चालक समितिको सोध्यो १२ बुँदे स्पष्टिकरण


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं । सर्वोच्च अदालतबाट अन्तरिम अल्पकालिन आदेश लिएर नेपाल वायुसेवा निगममा फिर्ता भएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगम सञ्चालक समितिले १२ बुँदे स्पष्टिकरण माग गरेको छ ।

सात दिन भित्र स्पष्टिकरण दिन भन्दै सञ्चालक समितिले गम्भिर आरोपहरु लगाउँदै स्पष्टिकरण सोधेको हो । सञ्चालक समितिको बैंठकले निगमको कार्यसम्पादन प्रभावकारी हुन नसकेको,निगमले गती लिन नसकेको र राष्ट्रिय ध्वजावाहक निगमको साख दिनानूदिन गिर्दै गएकाले स्पष्टिकरण सोधेको हो 


यस्तो छ स्पष्टीकरणका बुँदाहरु 

१.निगमको न्यारोबडी ए ३२० विमान ९ एन एकेडब्लु को इन्जिन २०२२ जुलाई ३१ देखि खरावी आएर भुमिस्थ भएको र उक्त विमानमा लिजमा लिई प्रयोग भएको भाडाको इन्जिनको भाडा दैनिक भुक्तानी गर्नुपर्ने बाध्यता रहिरहेको अवस्थामा बिग्रेको इन्जिन प्रकृया हालसम्म सुरु हुन नसक्नाको कारण 

२. निगमको ए ३२० विमान ९एन एकेडब्लुको इन्जिनमा खरावी आएर विमान संचालनको लागि भाडामा लिइएको इन्जिन हालसम्म फिर्ता नपठाउनुको कारण

३. निगमको आन्तरिक तर्फ प्रयोगमा रहेका विमानहरु मध्ये ९एन एबीएक्स विमान हालसम्म मर्मत गरी प्रयोगमा नआउनुको कारण 

४. निगमको अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग प्रणाली हालसम्म संचालन नहुनुको कारण

५. चिनियाँ जहाजहरु एमए ६० र वाई १२ ई हालसम्म व्यवस्थापन नगर्नुको कारण 

६. हाल लिजमा लिइएको इन्जिन भाडामा लिंदा र जहाजको सि चेक गर्दा लोकल एजेण्ट प्रयोग गर्नका कारणहरु माग गरिएको छ ।

७ .सर्वसाधारणलाई टिकट विक्री भईसकेपछि समेत निगमको विमान चार्डड गर्नाको कारण

८.निगममा करार तथा मासिक ज्यालादारीमा कर्मचारीहरु नियुक्त गर्दा प्रकृया पुरा नगरी नियूक्त गर्नाको कारण

९. निगमको प्रर्वधन र विकासको लागी रणनीतिक योजना तयार गरी कार्यान्वयन नगर्नाको कारण

१०.सस्तो श्रोत व्यवस्थापन(सफ्ट लोन) खोजी गरी निगमको महंगो दरको ऋण भूक्तानी गरी निगमलाई व्यवस्थीत नवनाउनुको कारण

११. निगमको विदेश स्थित कार्यालयहरुमा कर्मचारी पदस्थापना गर्ने विषयमा संचाल समितिमा परेको निवदेनको विषयमा स्पष्टीकरण माग गरिएको छ ।

१२. निगमको ए३२० विमान ९ एनके को इन्जिन २०२१ डिसेम्बर २८ देखि खरावी आइ मर्मत संभारको लागि पठाइएकोमा हालसम्म मर्मत भई प्रयोगमा नआउनु कारण

निगमको सञ्चालक समितिमा सरकारको तर्फबाट अर्थमन्त्रालय,संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक ÷ एक जना सहसचिवहरु र नीजि क्षेत्रबाट ३ जना सदस्यहरु रहेका छन् । योसँगै निगमकै एक जना कर्मचारी सदस्य सचिवको रुपमा रहने व्यवस्था छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद