Media Network

सर्वोत्तम सिमन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौँ।सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले ९ लाख ३० हजार कित्ता सेयर स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ भने २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आपेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले माघ १० गतेसम्म आवेदन दिनु पर्ने छ । उक्त अवधिमा सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि माघ २५ गतेसम्म लम्बिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्ने छ ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद