Media Network

संसदको अर्थसमितिमा विष्णु पौडेलदेखि सूर्य थापासम्म, को बन्ला सभापति ?


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौं । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका विषयगत समितिमा रहने सांसदहरुको टुंगो लागेको छ । अर्थतन्त्रसँग जोडिएको प्रमुख संसदीय समिति अर्थ समितिमा रहने सदस्यहरुको नाम एमालेले सिफारिस गरेको छ।  

दुई पटक अर्थमन्त्री भइसकेका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल अर्थसमितिमा रहनेछन् । यसैगरी पौडेल सहित सूर्य थापा र अमर रायमाझी  रहने भएकी छिन् ।सुर्य थापा र अमर रायमाझ दुवै पहिलो पटक संसद प्रवेश गरेका हुन् । 

यसबाहेक जुली महतो, भगवती चौधरी, नारायण प्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर समेत अर्थसमितिमै रहनेछन् । एमालेका भद्र, बौद्धिक र अध्ययनशील नेताको छवी बनाएका पदम गिरी पनि संसदको अर्थ समितिमै रहनेछन् । गिरी प्रचण्ड नेतृत्वको सरकारमै छोटो समय मन्त्री भएका थिए ।

को बन्ला सभापति ?

अर्थतन्त्रसँग चासो राख्नेहरुका लागि अर्थ समिति निकै महत्वपूर्ण समिति हो । अघिल्ले संसदमा सत्ताको नेतृत्व गरेको एमालेले नै यो समितिको सभापति राखेको थियो । त्यबेला कृष्ण दाहाल अर्थ समितिको सभापति थिए ।

अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति जस्ता निकायहरुलाई बोलाएर छलफल गर्ने तथा आवश्यक निर्देशनहरु काम यस समितिले गर्दै आएको छ । अबको सभापति को भन्ने भन्ने विषयमा भने एमालेले टुंगो लगाइसकेको छैन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद