Media Network

संसदको लेखा समिति सभापति बन्दै योगेश भट्टराई


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौं.नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति योगेश भट्टराईलाई बनाउने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत भइसकेका भट्टराईलाई संसदको महत्वपूर्ण मानिएको लेखा समितिको सभापति बनाउने एमालेले तयारी गरेको हो ।

लेखा समितिले संसदको काम कारबाहीमात्रै आर्थिक हिनामिना लगायतका विषय समेत हेर्ने भएकाले यसलाई निकै महत्वपूर्ण समिति मानिन्छ । यो समितिको सभापति संसदको प्रमुख प्रतिपक्षी दललाई दिने चलन छ । यस अघि तत्कालिन माओवादी र एमालेले बहुमतका हिसाबले अन्य सबै समितिको सभापति राखेर तत्कालिन संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लेखा समितिको सभापति दिएको थियो ।

त्यसबेला कांग्रेसका भरत शाह सार्वजनिक लेखा समितिको सभापति थिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भने संसदीय समितिको सभापतिहरु सहमतिमै टुंगाएको छ । सहमतिमा एमालेले सर्वजनिक लेखा र अर्थसहित तीनवटा समितिको सभापति पाएको छ ।ल्बदष् िबमम घण्ण्८घण्ण्

Share:
Reaction :
ताजा समाचार
खेलकुद