Media Network

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबिच समझदारी


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटल प्रा.लि बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका  विभिन्न सेवाहरुमा १३% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ । बैंकले भारतको दिल्ली स्थित मेदान्त हस्पिटल लगायत मुलुकको करिब २५ अस्पतालसग छुट सहकार्यको सम्झौता गरेको छ । हाल बैंकमा करिब १५ लाख ग्राहकहरुले सेवा लिईरहेका छन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद