Media Network

सिटिजन्स सुपर ३० एक करोडभन्दा बढी नाफामा


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले मङ्सिरमा कमायो १ करोड ३० लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । कात्तिक महिनामा १ करोड ४० लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना मङ्सिरमा भने नाफामा गएको हो ।
कात्तिकमा ८९ लाख ६२ हजारभन्दा बढी ऋणात्मक अवस्थामा रहेको आम्दानी मङ्सिरमा भने १ करोड ९२ लाख रूपैयाँभन्दा बढी भएको छ । खर्च भने कात्तिकमा ५० लाख ७७ हजार रूपैयाँभन्दा बढी भएकोमा मङ्सिरमा ६२ लाख ५५ हजार रूपैयाँभन्दा बढी भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य मङ्सिर मसान्तसम्म १० रूपैयाँ ४० पैसा रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्म १० रूपैयाँ ४ पैसा रहेको छ । मङ्सिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमुल्य ३७ करोड ६२ लाख ८९ हजार रूपैयाँ रहेको छ ।
यस अवधिसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य ३७ करोड ६ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य परलमूल्यभन्दा कम रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले ७ करोड रूपैयाँ लगानी गरेको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद