Media Network

स्थानीय तहको ६० प्रतिशत रकम आजदेखि बैंकिङ्ग प्रणालीमा थपिँदै


खबरस्टोरी संवाददाता

२४ भाद्र २०८०,आईतवार

काठमाडौं । आजदेखि स्थानीय तहको पैसालाई अब निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्रालयको निर्देशन अनुसार वाणिज्य बैङ्कहरूले आजबाट स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने भएका हुन् ।मन्त्रालयले गत असार मसान्तदेखि स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने व्यवस्था हटाएको थियो । पर्याप्त तरलता भएकाले सो व्यवस्था हटाएको हो । तर, अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत मसान्तसम्मका लागि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने निर्णय गरेका थिए । गत असार सम्मसम्म स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था थियो । त्यसले तरलता व्यवस्थापनमा बैङ्कहरूलाई सहज भएको थियो । त्यसको म्याद थप नगर्दा निक्षेपबाट झन्डै ९० अर्ब हाराहारी पैसा निस्केको थियो । त्यसपछि यसलाई निरन्तरता दिन बैंकरहरूले लबिङ गर्दै आएका थिए । त्यसपछि अर्थमन्त्री महतले गत स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न दिने निर्णय गरेका थिए । आगामी आइतबारदेखि पुनः स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने छ । यद्यपि, बैङ्कहरूले यो सुविधा आगामी चैत मसान्तसम्म पाउने छन् । स्थानीय तहको ६० प्रतिशत रकम पुनः निक्षेपमा गणना गर्न पाउने सरकारको पछिल्लो नीतिले बैङ्किङ प्रणालीमा ६७ अर्ब ७० करोड रुपैयाँ बराबरको निक्षेप थपिने भएको छ । अहिले बैङ्कहरूमा स्थानीय तहको ११२ अर्ब भन्दा बढी पैसा छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद