Media Network

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौँ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम बिक्री मूल्य २२० रुपैयाँ तोकिएको छ ।
उक्त सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आज माघ ३ गतेदेखि ११ गतेभित्र एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा आवेदन बुझाउनु पर्नेछ ।
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ। अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
शेयर खरिदको लागि न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको हुँदा उक्त मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।
तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा ) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।
सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ। प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद