Media Network

१३ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौा।शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँ घटेको हो।
यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४ सय ४० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ९६५ रुपैयाँ  र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैसा तोकेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद