Media Network

१३ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद