Media Network

शेयरधनीहरुलाई प्रतिशेयर २० देखि ६० रुपैंयाँसम्म नगद लाभांश दिदै


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं।आमनेपाली ग्राहकमाझ आफ्ना उत्कृष्ट, गुणस्तरीय एव किफायती मुल्यमा आफ्ना उत्पादनहरु पस्किंदै आएको बोटर्लस नेपाल लिमिटेड आफ्ना आम शेयरधनीहरुलाई आर्थिकरुपमा सन्तुष्ट राख्न पनि निकै नैं सफल देखिएको छ । नेपालमा अहिले बोटर्लस नेपाल लिमिटेड र बोटर्लस नेपाल (तराई) लिमिटेड सञ्चालनमा रहेका छन् । यि दुबै कम्पनीहरुले यही पुस २७ गते काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा बार्षिक साधारण सभा गरी गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् । 


आफ्ना शेयरधनीहरुलाई लगानी अनुसारको प्रतिफल दिन निकै सफल रहेको बोटर्लस नेपाल लिमिटेडले प्रतिशेयर २० रुपैंयाँको दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोटर्लस नेपालको यो प्रस्ताव कम्पनीको यही पुस २७ गते हुने ४४ औं बार्षिक साधरण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । 

यसैगरी बोटर्लस नेपाल (तराई) लिमिटेडले यही पुस २७ गते हुने आफ्नो ३६ औंं बार्षिक साधारण सभा मार्फत शेयरधनीहरुलाई प्रतिशेयर ६० रुपंैंयाँको दरमा नगद लाभांश वितरण गर्ने प्रंस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक यि दुबै कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण पारित गर्दे कम्पनीका आगामी रणनीतिका बारेमा पनि प्रस्तावहरु पारित गर्ने तयारी गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद