Media Network

तोलामा ५ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौँ ।साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद